काठमाडौं, भाद्र ४ गते
निर्वाचन आयोगलाई नेकपा एमालेले आफनो नामसंग मिल्ने गरी दल दर्ता नगर्न आग्रह गरेको छ । नेकपा एमाले समाजवादी दल दर्ताका लागी माधव नेपाल समूहले निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगका हुन् । शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् । उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् ।साथै १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि जानुपर्ने एमालेको माग रहेको बाबुराम दाहालले जानकारी दिए ।