जनकपुरधाम, भाद्र ४ गते
महावीर युवा कमिटीको नयाँ नेतृत्वका भाद्र १२ गते निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागी हुने १५ औं निर्वाचनका लागी उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । विभिन्न पदमा जम्मा २७ जनाले उम्मेदवारी दर्ता गराएको हो । अध्यक्षमा ४ जना र उपाध्यक्ष ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा अजय कुमार गुप्ता, विकास चोधरी, बलराम साह र प्रदिप भगतले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा महेश कुमार साह, सरोज कुमार चौधरी, दिनेश कुमार हाथी र अनिल साह(मिठ्ठा)ले उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिब पदमा भरत साह, दिपक साह(मिन्टु) चन्दन नागवंसीले उम्मेदवारी दर्ता गराएका हुन । सचिबमा त्रिदेव प्रसाद साह र विकास साहले उम्मेदवारी दर्ता गराएका छन् भने कोषाध्यक्ष पदमा विकास राय,मोहन साह, चन्दन राज शर्मा र शशी कुमार साहले गराएका छन् ।कमिटीको कार्यकारणी समितिमा ६ जना हुनुपर्नेमा ११ जनाले उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृत शंकर साहले जानकारी दिएका छन् । जम्मा कमिटी मतदाता ४२८ रहेको अधिकृत साहले जनाए ।