जनकपुरधाम, भादौं ८ गते
नयाँ नेतृत्वका लागी हुने महावीर युवा कमिटीको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रशिक्षण कार्यक्रम भोलि विहान हुने भएको छ । जनकपुरधाम स्थित बुधवार विहान १० बजे मसाला कोटेजमा उम्मेदवारहरको प्रशिक्षण कार्यक्रम राखिएको निर्वाचन अधिकृत शंकर साहले जानकारी दिएका छन् । नयाँ नेतृत्का लागी यहि भादों १२ हुने निर्वाचनमा विभिन्न पदमा जम्मा २६ जनाले उम्मेदवारी दर्ता गराएको अधिकृत साहले बताए ।