भाद्र ८ गते
मदरसा शिक्षा विद्येयकको विरोधमा प्रदर्शन गरेको छ । सप्तरीमा राष्ट्रिय एकता अभियानले राजविरामा मदरसा शिक्षा विद्येयकको विरोधमा प्रदर्शन गरेको हो । एकता अभियानले विरोध प्रदर्शन संगै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको पुता दहन समेत गरेका हुन ।
अभियानले राजविराजमाको बजार हुँदै निकालेको ¥याली सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो । ¥यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी गरेको थियो ।
उक्त विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउन खोज्ने आरोप लगाउँदै मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका आरोप लगाएकी छन् ।’
विरोध प्रदर्शनमा अभियानका अभियन्ता बिन्दु ठाकुर, सुनिल यादव, दिपेश जोशी लगायत सयौँको सख्यामा सहभागीहरु रहेको थियो ।
Discussion about this post