जनकपुरधाम, भादौं ९ गते
महावीर युवा कमिटीको हुन लागेको निर्वाचनमा उम्मेदवार बनेकाहरु लाई आज निर्वाचन समितिले प्रशिक्षण दिएका छन् । नयाँ नेतृत्वका लागी यहि भादौं १२ गते हुन निर्वाचन पुर्व उम्मेदवारहरलाई प्रशिक्षण दिएको हो । अध्यक्ष पदका उम्मेदवार अजय गुप्ता, बलराम साह, विकास चौधरी र प्रदिप भगत छन् । उपाध्यक्ष पदमा महेश कुमार साह(चोच),सरोज चौधरी, अनिल साह(मिठ्ठा) रहेको हो । महासचिब भरत साह, दिपक साह(मिन्टु) र चन्दन नागवंसी उम्मेदवार हुन । सचिबमा त्रिदेव प्रसाद साह र विकास कुमार साह(विक्की) छन् भने कोषाध्यक्ष पदमा विकास राय, चन्दन राज शर्मा,मोहन कुमार साह, शशी कुमार साह उम्मेदवार छन् । सदसय पदमा जम्मा ११ जनाले उम्मेदवारी दिएको निर्वाचद्धन समितका संयोजक शंकर साहले जनकारी दिएका हुन ।
यी सवै उम्मेदवारलाई आज निर्वाचन समितिले प्रशिक्षण दिएको हो । महावीर युवा कमिटीका निर्वाचन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँ नेतृत्वमा आउने उम्मेदहरुलाई जनकपुर जेसीजका पुर्व अध्यक्ष एवम् जनकपुर उद्योग वाणिज्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका मनिष रमण साहले प्रशिक्षण दिएको छ । नयाँ नेतृत्वमा आउने उम्मेदवारलाई क्षमता विकास र सहि नेतृत्व कसरी निर्वाह गर्न सकिन्छ भन्ने उद्देश्यले आज प्रशिक्षक साहले प्रशिक्षण दिएको हो ।
नेतृत्वमा आउन प्रेरित गर्न , नेतृत्व, नेतृत्वका प्रकार, नेता र नेतृत्वमा फरक, सबल नेतृत्वमा हुनुपर्ने गुणहरु, सुशाासन,मानव अधिकार र मौलिक हक लगायतका विषयमा प्रशिक्षक साहले उम्मेदवारहरु लाई जानकारी गराएका हुन । कुनै पनि काममा मानिसले नेतृत्व लिन्छ त्यही नै नेतृत्व संक्षिप्तमा उदाहरण प्रशिक्षक साहले दिएका थिए । मानिसले काममा कहिले काहाँ सफलता प्राप्त गर्छ कि असफलता यी दुवैको अन्तरलाई उचित व्यवस्थापन गर्नु नै नेतृत्व क्षमताको चुनौती रहेको उम्मेदवारहरुलाई उनले जानकारी गराएका छन् ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षक साहले मुलुकको विकासको निम्ति आफ्नो नेतृत्व क्षमता वृद्धि गर्न जरुरी रहेका बताए । उनले मानिस कुनै काममा असफल हुनुमा पनि सबै भन्दा ठुलो कमजोरी नेतृत्व क्षमता नै रहेकोले जीवनमा आफ्नो नेतृत्व क्षमताको विकास गर्न र यसबारेमा जानकारी लिन अवश्यक रहेको बताए । प्रशिक्षण कार्यक्रममा महावीरका पुर्व संस्थापक अध्यक्ष अरुण प्रसाद साह,पुर्व अध्यक्ष, प्रमोद साह, सनील प्रसाद साह, प्रमोद साह, विनोद चौधरी, विश्वनाथ साह,निर्वाचन समितका सदस्य रोश साह, अमित साह लयागतका उपस्थिति रहेको थियो ।
Discussion about this post