ज्नकपुरधाम, भादौं ११ गते
नव गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरुले आज शहिदलाई सम्मान गर्दै झण्डोतोलन गरेका छन् । नव गठित पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरद सिंह भण्डारी लगायतका नेताहरुले मधेश आन्दोलनमा शहिद भएका प्रति सम्मान गर्दै पार्टी कार्यालयको झण्डोतोलन गरेका हुन । निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि विधिवत रुपमा आज देखी कार्यालय संचालनमा ल्याएको हो ।
शुक्रवार काठमाडौंको बबरमहल स्थित पार्टीको केन्द्रिय कार्यालयमा शहिदहरुको फोटो माथि फुलमाला अर्पन र पार्टीको झण्डोतोलन गरी कार्यालय संचालन गरिएको छ ।
तस्वीरः किशोर गुरुको वालबाट
Discussion about this post