जनकपुरधाम,भादौं ११ गते
जनकपुरधामको प्रतिष्ठित युवा कमिटीहरुमध्ये एक महावीर युवा कमिटीको नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन हुन लागेको छ । पछिल्लो समय गतिविधि कम देखिएको सो कमिटीलाई गतिमान बनाउने उद्देश्यका साथ अजय कुमार गुप्ताले अध्यक्ष पदमा अगाडी देखिएका छन् ।
महावीर युवा कमिटीको नयाँ नेतृत्वको जिम्मेवारी लिनका लागि ४ जना अकांक्षीहरुले उम्मेदवारी दिएका छन् । जसमा सबैभन्दा कान्छो उमेरका उम्मेवार हुन् अजयकुमार गुप्ता । विगतको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका अजय यसपालि फेरी अध्यक्ष पदका लागि उम्मेदवारीदिएका छन् । उनको दावेदारी समेत प्रबल रहेको युवा कमिटीमा संलग्नहरुको भनाई छ ।
महावीर युवा कमिटीको नयाँ नेतृत्वको जिम्मेवारी लिनका लागि ४ जना अकांक्षीहरुले उम्मेदवारी दिएका छन् । जसमा सबैभन्दा कान्छो उमेरका उम्मेवार हुन् अजयकुमार गुप्ता । विगतको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका अजय यसपालि फेरी अध्यक्ष पदका लागि उम्मेदवारीदिएका छन् । उनको दावेदारी समेत प्रबल रहेको युवा कमिटीमा संलग्नहरुको भनाई छ ।
महावीर युवा कमिटीको विगतका बर्षहरुमा अध्यक्षमा एकपटक पराजित भएका उम्मेदवार अर्कोपटक जित्दै आईरहेकाले समेत अजय यसपालि मजबुत देखिएका छन् । करिव डेढ दशकदेखि कमिटीसँग आबद्ध रहेका उनी कार्यकारिणी सदस्यदेखि महासचिवसम्मको सफल कार्यकालको भूमिका निर्वाह गरिसकेका छन् । महावीर युवा कमिटीले प्रत्येक वर्ष भव्यताका साथ आयोजना गर्दै आईरहेको राजदेवी पूजाको विभिन्न कार्यक्रमहरुमा समेत अजयले संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । अजय कुमार गुप्ता अध्यक्ष पदका चारजनै उम्मेदवारहरुमध्ये सबैभन्दा कान्छो र सबैभन्दा बलियो उम्मेदवारको रुपमा चर्चा भईरहेको सुनिएको छ ।
उनले आफू यस पदमा निर्वाचित भए कमिटीको सबैभन्दा महत्पूर्ण कार्यक्रमको रुपमा रहेको राजदेवी पूजाका साथै युवाहरुको चौतर्फि विकासका लागि समय समयमा नयाँ नयाँ योजनाहरु ल्याउने प्रतिबद्धता जनाएका छन् । समाजसेवा संस्थाको मुख्य उद्देश्य रहेकोले सामाजिक कार्यहरुमा बढि संलग्न हुने बताउँदै अजयले खेलकुदको विकाससँगै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरुको समेत आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने,‘धर्म, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नुका साथै युवाहरुको व्यक्तित्व विकासका लागि विभिन्न सीपमूलक तालिमहरु समेत समय समयमा आयोजना गर्नेछु । रोजगारीका लागि सिलाई कटाई, ब्यूटिसियन, कम्प्युटर सहित विभिन्न व्यवसायिक सीपमुलुक तालिमको व्यवस्थापन गराउनेछु ।’
अजयले आफू निर्वाचित भए यहाँका युवाहरूलाई समाजका कर्मठ, क्रियाशील, नवीनताको पक्षधर र रचनात्मक शक्तिमा परिणत गर्न समाजप्रति जवाफदेहि र उत्तरदायित्व वहन गर्ने एवं लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध रहन सक्ने गरी बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजीमा रहेका युवाहरूलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न आफ्नो विशेष जोड रहने समेत जनाएका छन् ।
युवाहरूको आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणको माध्यमबाट सामथ्र्यवान, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी समाजको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन आफ्नो भूमिका अर्थपूर्ण रहने उनको दावी छ । युवाहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको अधिकारलाई स्थापित गर्न समन्वयात्मक तरिकाले कार्यक्रमहरू सञ्चालन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।अजयले आफू निर्वाचित भए यहाँका युवाहरूलाई समाजका कर्मठ, क्रियाशील, नवीनताको पक्षधर र रचनात्मक शक्तिमा परिणत गर्न समाजप्रति जवाफदेहि र उत्तरदायित्व वहन गर्ने एवं लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध रहन सक्ने गरी बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजीमा रहेका युवाहरूलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न आफ्नो विशेष जोड रहने समेत जनाएका छन् ।
युवाहरूमा सकारात्मक एवं वैज्ञानिक विचार र सोचको विकास गर्न अध्ययन, अनुसन्धान र युवामैत्री वातावरणको सिर्जना गरी युवा परिचालन कार्यक्रमका माध्यमबाट युवाहरूको क्रियाशीलता बढाउन समेत आफ्नो भूमिका महत्वपूर्ण हुने उनले बताए । साहित्य, कला, संस्कृति, संगीत, अभिनय र खेलकुद जस्ता सिर्जनशील क्षेत्रहरूमा युवाहरूको संलग्नतालाई प्रोत्साहन गर्ने र यस क्षेत्रमा संलग्न युवाहरूलाई प्रोत्साहनको माध्यमबाट राष्ट्रिय गौरव बढाउन जोड दिने समेत उनको प्रतिबद्धता छ ।
४ सय २८ जना सदस्य आवद्ध रहेको महावीर युवा कमिटीमा ११ सदस्यीय कार्यसमितिका लागि २६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा अजयसहित ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।