जनकपुरधाम, भादौं १२ गते
महावीर युवा कमिटीको मतदान प्रक्रिया सूरु भएको छ । नयाँ नेतृत्व चयनका लागी आज मतदान प्रत्रिया सूरु भएको हो । नयाँ नेतृत्वका लागी विभिन्न पदमा जम्मा २६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा अजय गुप्ता, बलराम साह, प्रदिप भगत र विकास चौधरी छन् । उपाध्यक्षमा महेश साह(चोच), सरोज चौधरी र अनिल साह(मिठ्ठा) उममेदवार हो । महाचिब पदमा भरत साह,दिपक साह(पिन्टु) र चन्दन नागवंसी रहेको छ । सचिबमा त्रिदेव प्रस।ाद साह र विकास साह (विक्की) हुन । कोषाध्यक्ष पदमा विकास राय, मोहन साह,चन्दन शर्मा र शशी साह छन् । कार्यकारणी सदस्य पदमा जितेन्द्र साह(भुल्ला),दिलीप कुमार साह,विकास गुप्ता(विट्टु),पंकज साह, विक्रम कुमार साह,विजयराज ठाकुर(डान्सर), दिपक गुप्ता,संदीप साह,राजा ठाकुर, संतोष शर्मा उम्मेदवार छन् । यी २६ उम्मेदवारका लागी आज मतदान हुदैछ । मतदान ४ बजेसम्म हुने निर्वाचन अधिकृत शंकर साहले जानकारी गराएका छन् । जम्मा मतदाता ४२८ रहेको छ ।