जनकपुरधाम, भादों १२ गते
नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा महावीर युवा कमिटीको अध्यक्ष पदमा बलराम साह र उपाध्यक्ष पदमा महेश कुमार साह(चोच) निर्वाचित भएका छन् । अध्यक्ष पदका उम्मेदवार बलराम साहले १५६ मत ल्याएर विजयी भएको छ । उनका प्रतिद्वन्दी अजय कुमार गप्ता ११२ मत,विकास कुमार चौधरी ८४ मत र प्रदिप भगत ३१ म्त ल्याएका हुन । उपाध्यक्ष पदमा महेश कुमार साह(चोच)१७६ मत ल्याएर निर्वाचित भएको छ । उनका प्रतिद्वन्दी सरोज कुमार चौधरी १७२ मत प्राप्त गरेको छ भने अनिल कुमार साह(मिठ्ठा)ले ३५ मत ल्याएका हुन । कमिटीको महाचिबमा दिपक साह(मिन्टु)१६४ मत ल्याएर नर्वाचित भएको छ । महासचिब चन्दन नागर्वशी १४२ मत ल्याएको छ भने भरत साह ७८ मत प्राप्त गरेका छन् । सचिबमा त्रिदेब प्रसाद साहले २३५ मत ल्याएर निर्वाचित भएको छ भने उनका प्रतिद्वन्दी विकास कुमार साह(विक्की)ले १४६ मत ल्याएको हो । कोषाध्यक्ष पदमा विकास राय १३३ मत ल्याएर निर्वाचित भएको छ । उनका प्रतिद्वन्दी मोहन साह ११२,चन्दन शर्मा ९४र शशी कुमार साहले ३८ मत प्राप्त गरेको हो । कार्यकारणी सदस्य पदका लागी जम्मा १० जनाले उम्मेदवारी दिएका थिए । सदस्य पदमा विक्रम कुमार साह, दिलीप कुमार साह, विजय साह(डान्सर)पंकज साह, विकास गुप्ता(विट्टु ) र राजा ठाकुर निर्वाचित भएको निर्वाचन अधिकृत शंकर साहले बताएका छन् ।
नयाँ नेतृत्वका लागी विभिन्न पदमा २६ जनाले उम्मेदवारी दिएका थिए । कमिटीको ४२८ मतदाता मध्ये ३८६ मतदान भएको निर्वाचन अधिकृत साहले बताए ।