जनकपुरधाम, भादों १६ गते
नव गठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेताहरुलाई भव्य स्वागत गरेका छन् । नव गठित पार्टी लोसपाका नेताहरुलाई आज जनकपुर विमाल स्थलमा नेता तथा पार्टिका कार्यकर्ताहरुले स्वागत गरेका हुन । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरद सिंह भण्डारी, जितेन्द्र सोनल लगायतका नेताहरुलाई भव्य स्वागत गरेको हो ।
विमाल स्थलमा संचारकर्मीहरु संग संक्षिप्तमा कुाकानी गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले लोसपा मधेशी जनताको मनभित्रको पार्टी रहेको बताए । आफ्नो पार्टीलाई कमजोर भन्नेहरु गलत रहेको बताएका छन् । उनले जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी धेरै नै मजबुत रहेको दावी गरेका हुन । अध्यक्ष ठाकुरले हाम्रो बारेमा कसैले बिश्लेषण गरेर हुँदैन आफुहरु जसपा भन्दा स्ट्रोङ्ग रहेको बताए ।तत्कालिन राजपा नेपालबाट निर्वाचित अधिकांश जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जसपामै रहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुरधाम आगमनलाई महत्वका साथ हेरिएको छ । जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको अवस्थामा लोसपाका केन्द्रिय नेताहरू जनकपुरधाम आएका हुन् ।