जनकपुरधाम,भादों १६ गते
जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीका लागि आज एक वडा अध्यक्षले लोसपामा सनाखत गरेको छ । जनकपुरधा उप–महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले आज लोसपामा सनाखत गरेको हो । विहिवार वडा अध्यक्ष साहले
निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् । निर्वाचन आयोगले नयाँ दलमा जान चाह्ने जनप्रतिनिधिहरुलाई भदौ १ गतेदेखि भदौ २२ गतेसम्मको समय दिएको छ ।