जनकपुरधाम, भादौं १८ गते
कानु समाज धनुषा नेपालको आयोजनामा दुई दिवसीय गोविन्द पुजा आज देखी सुरु भएको छ । बाबा गणिनाथ गोविन्दको पुज्नोत्सव प्रत्येक वर्ष झैं यस वर्ष पनि जनकपुरधामको गंगा सागर पोखरीको दक्षिण कुनामा स्थापित गणिनाथ गोविन्द मन्दिरमा आज देखी पुजा सूरु भएको हो । प्रत्येक वर्ष हर्षाेउल्लासका साथ मनाउदैं आइरहेको बाबा गाणिनाथ गोविन्दको पुजा यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९)का कारण समाजिक दुरी कायम गरी पुज्नोत्सव आयोजना गरेकोे कानु समाज धनुषाका अध्यक्ष राजकुमार साहले बताए ।
दुई दिवसीय बाबा गोविन्द पुज्नोत्सवको अवसरमा पहिलो दिन विषेश मंगलपाठ र बेलुका नेउतन पुजा हुने छ । शनिवार विषेश गहवर पुजा हुनेछ ।
गणिनाथ एक परिचय
संत शिरोमणि बाबा गणिनाथ भगवान शिवको मानस पूत्रको रुपमा मानिन्छ । बाबा गणिनाथको भगवान गोविन्द नामले चिनिन्छ । भगवान गोविन्द यो भूलोकमा धर्मको रक्षा, मानवताको सन्देश दिन र मानव मानव बिच बढिरहेको वैमनस्यतालाई कम गर्ना लागि अवतार लिएका थिए ।भगवान शिवको परम भक्त श्री मनसाराम भारतको बिहार राज्यको वैशाली महनारमे गंगा नदीको तटमा एउटा कुटीमा आफ्नो पत्नी शिवा देवी संगै वास गर्थे । मनसाराम सात्विक र धार्मिक विचार अनुसरण गर्ने व्यक्ति थिए । सन्तानहीन भएपनि मनसाराम भगवानमाथी अटुट विश्वास गर्थे । यही विश्वासबाट खुशी भएर भगवान शिव एक राति उनलाई दर्शन दिए । त्यसको भोलीपल्ट वनमा एउटा पिपलको बोट मुनी उनलाई अलौकिक बच्चा भेट्यो । पछि सोही बालक राजयोग र महर्षि योगको धनी भएका कारण गणिनाथ नामले विख्यात भए ।