ओपि साह
जनकपुरधाम, भादौं १८ गते
ऐतिहासिक, धार्मिक तथा सांस्कृति नगरी जनकपुरधाममा छाडा चौपाया ठुलो चुनौती बन्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाका कार्यालयका लागी छाडा चौपाया र पशुचौपाया चुनौतीको विषय बनेको हो । जनकपुरधाम उपमहानगरपालिकाको नगरमा दिनहुँ छाडा चौपाया र पशु चौपाया सहजै देखिन्छ । नगरको विभिनन चौक र गल्लीमा गाई, साढे, सुँगुर,कुकुर दर्जनौको संख्या देखिन्छ । खाँस गरी जनकपुरधामको राम चोक, महावरिु चेक, जानकी चौक, विश्वकर्मा चौक, रेल्वे सटेशन, कमद चौक, मिल्स एरिया, पुरोनो बस पार्क लगायतको ठाउँहरुमा दिनँहु भेट्न सकिन्छ ।
छाडा चौपाया र पशु चौपाया हालसम्म जनकपुरधाम उपमहानगरपालिकाले नियन्त्रण गर्न सकेको छैन । जस कारण दैनिक रुपमा स–साना दुर्घटना समेत हुने गरेको छ । छाडा चौपाया नियन्त्रणका लागी जनकपुरधाम उपमहानगरपालिकाले ठोस निर्णय ल्याउन सकेको छैन । जस कारणले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय आलोचित बन्दै गएको छ । छाडा चौपाया नियन्त्रणका लागी उपमहानगरपालिकाले कान्जी हाउसनै राखिएको थियो । हाल उपनपाले कान्जी हाउस हटाएर सो ठाउँमा पार्किङ्ग स्थल निर्माण गरेको हो । बजारमा छाडिने चौपाया हालसम्म व्यवस्थापनमा समेत जनकपुरधामका लागी चुनौती बनेको हो । जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसकेकोले ट्राफिक समस्या समेत हुने गरेको छ । विच बाटैमा छाडा चौपायाहरु रहने गरेकोले सवारी साधनलाई समेत समसया हुने गरेको हो । बाटोमै चौपाया बस्ने गरकोले ठुला तथा साना सवारी साधन संगै ट्राफि समस्या दिनहुँ गरेका छन् । छाडा चौपायाका कारण बाटो जाम समेत हुने गरेकाले यस तर्फ सम्बन्धि निकायको हालसम्म ध्यान गएको छैन । छाडा चौपाया जनकपुरका लागी ठुलो चुनौतिको विषय बनेकोले सबैलार्य यसतर्फ ध्यान दिनुपर्ने अवश्यक छ ।