जनकपुरधाम,भादौं १९ गते
धनुषा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र महतोलाई सम्मान गरेको छ । आज लोक कल्याणकारी प्रतिष्ठानले सांसद् महतोलाई भव्य स्वागत र सम्मान गरेको हो ।सम्मान पश्चात सांसद् महतोले जनताको समस्यालाई प्राथमिकतामा राख्नुको सट्टा कुर्सीलाई सरकारले प्राथमिकता राखेको हो। नेपाली कांग्रेस, एमाले र माओवादीलाई जनताको समस्या समाधान गर्नुको सट्टा कुर्सीलाई प्राथमिकतामा राखेको सांसद महतोले बताएका छन् । यी तिनै दलले सरकार बनाउने ढाल्ने खेलमा मात्र लागेको नेता महतोले आरोप लगाए । जनकपुरधाम उपमहानगरपालिका स्थित लोक कल्याणकारी प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा लोकतान्त्रिक समाजवादीका पार्टीका वरिष्ठ नेता समेत रहेका महतोले जनतामाथि गोलि चलाएर संविधान जारी गर्नु कतिको उचित हो बताउँदै तर हिमाल, पहाड तराई र मधेशी, जनजाती आदिवासी, मुस्लिम लगायत अधिकारबाट बन्चित गर्ने यी कस्तोे संविधान हो । उनले संविधान जारी भएपछि मुलुकमा सुशासन, समृद्धि आउने तर यसको लागी कुनै ठोस पहल नहुनु देशकोलागी दुर्भाग्य हो । यता मनकामना युवा कमिटी परिवार वडा नम्बर ११ स्थित नेता महतोलाई सम्मान गरेको हो । आज नेता महतो,युवा नेता मनोज चौधरी,राजिब झा, राजु चौधरी लगायतलाई सम्मान गरेका हुन ।