जनकपुरधाम, भादौं १९ गते
विभिन्न कार्यक्रम गरी गणिनाथ गोविन्द पुजा मनाइदै छ । कानु समाज धनुषा नेपालको आयोजनामा दुई दिवसीय गोविन्द पुजा आयोजना गरेको हो । बाबा गणिनाथ गोविन्दको पुज्नोत्सव प्रत्येक वर्ष झैं यस वर्ष पनि हर्षाेउल्लासका साथ जनकपुरधामको गंगा सागर पोखरीको दक्षिण कुनामा स्थापित गणिनाथ गोविन्द मन्दिरमा पुजा सूरु भएको हो । आज विहान गाणिनाथ गोविन्द पुजाको अवसरमा नगरमा शोभा यात्रा निकालिएको हो ।
गणिनाथ गोविन्द मन्दिरबाट निकालिएको कलश सहितको शोभा यात्रा राम चोक, भैरब चौक, महावीर चोक, जानकी चोक, जनक चोक, शिव चौक, कदम चौक लगायत चौकहरुको परिक्रममा गरेका हुन । गाणिनाथ गोविन्द मन्दिरमा १०१ कलश स्थापना भएको हो । शोभा यात्रामा उल्लेखनयि सहभागिता रहेको थियो ।
प्रत्येक वर्ष हर्षाेउल्लासका साथ मनाउदैं आइरहेको बाबा गाणिनाथ गोविन्दको पुजा यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९)का कारण समाजिक दुरी कायम गरी पुज्नोत्सव आयोजना गरेकोे कानु समाज धनुषाका अध्यक्ष राजकुमार साहले बताए ।
दुई दिवसीय बाबा गोविन्द पुज्नोत्सवको अवसरमा पहिलो दिन विषेश मंगलपाठ र बेलुका नेउतन पुजा भएको हो । शनिवार विषेश गहवर पुजा हुदैंछ । साँझ भजन संध्या कार्यक्रमको आयोजना गरेका छन् । यता जनकपुरधाम उपमहानगरपालिका वडा न. २३ बेला स्थित गाणिनाथ गोविन्द पुजा समेत हुने गरेको छ । वर्षाे देखी बेलामा हर्षाेउल्लासका साथ पुजा मनाउदै आइरहेका छन् । आज बेला स्थित विभिन्न कार्यक्रम गरी पुजा मनाइदे छ । पुजाको अवसरमा प्रत्येक वर्ष साँझ भजन संध्या लगायतका कार्यक्रह हुने गरेका छन् । यस पुजामा बेला स्थित गोविन्द मन्दिरमा दर्शनार्थीहरुको भीडभाड समेत देखिने गरेका छन् ।
गणिनाथ एक परिचय
संत शिरोमणि बाबा गणिनाथ भगवान शिवको मानस पूत्रको रुपमा मानिन्छ । बाबा गणिनाथको भगवान गोविन्द नामले चिनिन्छ । भगवान गोविन्द यो भूलोकमा धर्मको रक्षा, मानवताको सन्देश दिन र मानव मानव बिच बढिरहेको वैमनस्यतालाई कम गर्ना लागि अवतार लिएका थिए ।भगवान शिवको परम भक्त श्री मनसाराम भारतको बिहार राज्यको वैशाली महनारमे गंगा नदीको तटमा एउटा कुटीमा आफ्नो पत्नी शिवा देवी संगै वास गर्थे । मनसाराम सात्विक र धार्मिक विचार अनुसरण गर्ने व्यक्ति थिए । सन्तानहीन भएपनि मनसाराम भगवानमाथी अटुट विश्वास गर्थे । यही विश्वासबाट खुशी भएर भगवान शिव एक राति उनलाई दर्शन दिए । त्यसको भोलीपल्ट वनमा एउटा पिपलको बोट मुनी उनलाई अलौकिक बच्चा भेट्यो । पछि सोही बालक राजयोग र महर्षि योगको धनी भएका कारण गणिनाथ नामले विख्यात भए ।