ओपि साह
जनकपुरधाम, भादों १९ गते
जनकपपुरधाम उप–महानगरपालिका वडा नं ८ स्थित कविर बाल आश्रममा खाद्यन्न सामग्री हस्तान्तरण गरेको हो । नेपाल युवा समाज समूहले कबिर बाल आश्रममा आज खाद्यन्न सामग्री हस्तान्तरण गरेको हो । नेपाल युवा समाज समूह स्थापना गरिएको अवसरमा पहिलो चरणमा खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ । आश्रममा कपडा, चावल,दाल, तेल, मसाला,नुन, हल्दी,आलु, प्याज,पानीको कार्टुन, मिढाई, नगर र ३थान घडी सहयोग गरेका हुन । नेपाल युवा समाज समूहका प्रमोद कुमार यादवको अध्यक्षता आज सो सामग्री हस्तान्तरण गरेको समूहका सचिब श्याम प्रसाद चौरसियाले जानकारी गराएका छन् । समूहका पदाधिकारीहरुले बाल आश्रमका संचालक कविर सन्त आलोकलाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा समूहका राजेश यादव, मनिपत महतो, संतोष यादव,विरेन्द्र यादव,उमेश मुखिया, रिना कुमारी, सञ्जना कुमारी, रोशनी कुमारी, युवा अभियन्ता रक्की प्रसाद साह,राज किशोर यादव लगायतको उपस्थिति रहेको थियो ।