जनकपुरधाम, भादौं २० गते
जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा धमाधम जनप्रतिनिधिहरु जानथालेका छन् । आज ३ सांसदसहित एक नगर प्रमुखले लोसपामा सनाखत गरेको हो । प्रदेश नं २ का प्रदेश सांसद् उपेन्द्र महतो, अभिराम शर्मा र रानी शर्माले निर्वाचन आयोगको कार्यालय पुगेर लोसपामा सनाखत गरेका हुन् ।त्यस्तै आज धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडलले पनि लोसपामा सनाखत गरेको हो । निर्वाचन आयोगले नयाँ दलमा जान चाह्ने जनप्रतिनिधिहरुलाई भदौ १ गतेदेखि भदौ २२ गतेसम्मको समय दिएको छ ।
उनीहरुसंगै प्रदेश नं २ का पुर्व भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सांसद् परमेश्वर साह,सुरिता साह, विभा ठाकुर,रेणु झा,नेता संजय सिंह, प्रमोद यादव, संजय चौधरी लगायत निर्वाचन कार्यालय पुगेका थिए ।