• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

जसपालाई ठुलो झटका, लोसपा बलियो बन्दै

Author Avatar न्युज डेस्क 6th September 2021 , 11:26 AM
अध्यक्ष ठाकुर भन्छन्– “जसपा भन्दा लोसपा मजबुत हो ”

जनकपुरधाम, भादौैं २० गते
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) लाई ठुलो झट्का लागेको छ । नव गठित लोकतान्त्रिक समाजवार्दी पार्टी(लोसपा)मा सनाखत गर्ने निर्वाचित जनप्रतिनिधिहरु सबै भन्दा रहेका छन् । प्रदेश नं २ को विभिन्न जिल्लामा निर्वाचित प्रमुख उप–प्रमुखहरु सबैभन्दा बढि लोसपामा सनाखत गरेको हो । यसैसंग प्रदेश नम्बर २मा लोसपा सबैभन्दा बलियो बनेको छ । महोत्तरी जिल्लामा जनता समाजवादी पार्टी (जसपा) १५ पालिका मध्ये ७ पालिका प्रमुख र १० उप प्रमुखसहित लोसपा रोजेपछि सबैभन्दा बलियो भएको हो । जसपाकै ७ पालिका प्रमुख र ९ उपप्रमुख नव गठित लोसपा रोजेपछि जसपा सबैभन्दा कमजोर दलको रुपमा सावित भएको हो । जसपाका २४७ निर्वाचित जनप्रतिनिधि लोसपामा सनाखत गरेका हुन । जिल्ला निर्वाचन कार्यालय जलेश्वर पुगेर जसपाका २४७ निर्वाचित जनप्रतिनिधि लोसपामा सनाखत गरेका हुन । जलेश्वर नगरपालिका,भंगहा नगरपालिका, मठिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका,महोत्तरी गाउँपालिका, एकडारा गाउँपालिकाका प्रमुख लोसपा राजेका छन् । त्यस्तै पिपरा गाउँपालिकाका,बलबा नगरपालिका, औरही नगरपालिकाका उप प्रमुखहरुले लोसपामा सनाखत गरेको हो ।
लोसपामा सनाखत गर्नेहरुमा जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्र र उपप्रमुख मुनचुन देवी, भंगहा नगरप्रमुख संजिव कुमार साह र उपप्रमुख गंगा देवी सिंह, मठिहानी नगरप्रमुख हरि प्रसाद मण्डल र उपप्रमुख शिवोदेवी साह, मनरासिसवा नगरप्रमुख संजय कुमार सिंह र उपप्रमुख रमिता प्रधान छन् ।
त्यसैगरी महोत्तरी गाउँपालिका प्रमुख सुनिल राय र उपप्रमुख सीता देवी राय, एकडारा गाउँपालिका प्रमुख रामछविला साह र उपप्रमुख महजवी खातुन, औरही गाउँपालिका उपप्रमुख रेनु झा, बलबा नगरपालिका उपप्रमुख रिता देवी झा र पिपरा गाउँपालिका उपप्रमुख नन्नु कुमारी दासले लोसपामा सनाखत गरेका छन् ।
उनका अनुसार लोसापमा सनाखत गर्नेमा पालिका प्रमुख उपप्रमुखसहित धेरै वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य छन्। भदौ २२ गतेसम्ममा छुटेकाहरुले सनाखत गर्न पाउँछन्।लोसपामा सनाखत गर्ने पालिका प्रमुख तथा उपप्रमुख पूर्व राजपाबाटै निर्वाचित भएका थिए। योसँगै अब नयाँ दल लोसपा भने स्थानीय तहमा जिल्लामै शक्तिशाली बनेको छ। यता सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख अभय सिंह सहित ३६ जना जनप्रतिनिधिद्वारा लोसपाको पक्षमा सनाखत गरेका छन् ।
योसंगै सर्लाहीमा पाँच जना पालिका प्रमुखले लोसपाको पक्षमा सनाखत गरेका छन् । यसअघि बलरा नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादव, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद राय, चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो र ब्रहम्पुरी गाउँपालिका अध्यक्ष बिनोद कुमार साह लोसपाको पक्षमा सनाखत गरेको हो ।
बलरा नगरपालिकामा तत्कालिन राजपाबाट निर्वाचित ३७ जना मध्ये ३६ जनाले आज आईतवार जिल्ला निर्वाचन कार्यालय मलंगवा सर्लाहीमा पुगेर सनाखत गरेको जनाएको हो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि जसपाबाट छुटिएर बनेको लोसपा रोज्न निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई २२ भदौसम्म समय दिएको छ ।
सर्लाहीको विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरु लोसपाको पक्षमा सनाखत गर्ने क्रम जारी नै रहेको छ ।आईतवार गोडैता, ईश्वरपुर र चन्द्रनगरका वडा अध्यक्ष सदस्य लगायतका जनप्रतिनिधिले निर्वाचन कार्यालय मलंगवमा लोसपाको पक्षमा सनाखत गरेको हो । त्यस्तै रूपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवारले लोकतान्त्रिक समाजवादी पार्टी रोजेकी छन् ।
दल विभाजनसम्बन्धी नयाँ अध्यादेश आएपछि जनता समाजवादी पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएपछि उपाध्यक्ष कलवार सहित ७ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय भैरहवा पुगेर दल रोजेका हुन् । जसपा पार्टीमा म लगायत विभिन्न महिलाहरुको कुनै सम्मान नभएकोले नयाँ गठित लोकतान्त्रिक समाजवादी पार्टी रोजेको उपाध्यक्ष कलवारले बताइन् । जहाँ जनता र जनप्रतिनिधिको सम्मान गरी विकास कार्यमा आगडी बढिन्छ आफुले उतै समर्थन गर्ने उनले बताइन् ।
उपाध्यक्ष कलवारसंगै मर्चवारी ७ का वडाध्यक्ष मातिवर कोहार, जिल्ला समन्वय समिति सदस्य छोटे हारिजन, गाउँ कार्यपालिका सदस्य निसा हरिजन, सुनिता हरिजन वडा सदस्य साधुसरन यादव जगदीस चौधरीले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोज्दै निर्वाचन कार्यालयमा सनाखत गरेको रुपन्देहीका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
दल रोज्ने मिति भन्दा २ दिन अगावै आज आइतबार २० गते लोसपा रोजेका गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले तत्कालीन मधेसी जनाधिकार फोरमबाट निर्वाचन जितेका थिए ।यही भदौ २२ गते कार्यालय समयभित्रको समय दिएर नयाँ दर्ता भएको दल रोज्न चाहने जनप्रतिनिधिको हकमा निर्वाचन कार्यालयमा पुगी सनाखत गर्ने समय–सीमा तय भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश सांसदको हकमा प्रदेशका निर्वाचन कार्यालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधि आफैँ पुगेर सनाखत गर्नुपर्ने हुन्छ ।
सनाखत गर्न नेपाली नागरिकताको प्रमाण–पत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र अनिवार्य रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति