जनकपुरधाम, भादौं २१ गते
प्रदेश नं २ का प्रदेश सासंद् जितेन्द्र सोनलले नव गठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मा सनाखत गरेको छ । पुर्व भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका सोनलले आज लोसपामा सनाखत गरेको हो । बाराको निर्वाचन क्षेत्र नं ४(ख) बाट निर्वाचित सोनलले आज निर्वाचन आयोगको कार्यालय जनकपुरधाम स्थित पुगेर लोसपामा सनाखत गरेका हुन । सोनल तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा) बाट निर्वाचित भएका थिए । सोनलले सनाखत गरेसंगै प्रदेशमा लोसपा सांसद्को संख्या १६ पुगेको हो । यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानीकुमारी तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए ।