जनकपुरधाम। भदौं २२ गते
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियुक्ती गरिएका पदाधिकारीलाई खारिज गरेका छन् ।
नियुक्ती गरिएका प्रतिष्ठानका उपकुलपति डा. रामकेबल साह, शिक्षाध्यक्ष डा. अंकुर साह र रजिस्ट्रार डा. विनोद कुमार यादवको नियुक्ति खारिज गरिएको हो ।
उनीहरुको नियुक्ति नियमसंगत नरहेको भन्दै तलब सुविधामा समेत रोक लगाउने गरी उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ ।
प्रतिष्ठानको ऐन विपरीत उनीहरुको नियुक्ति गरिएको भन्दै उच्च अदालत जनकपुरले तिनैजनाको काम, तलब तथा सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।प्रतिष्ठानका तिनैजनाको नियुक्ति नियमसंगत नरहेको भन्दै देवानन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए ।
सो मुद्दामा न्यायाधिश धीरबहादुर चन्दको एकल इजलासले सुनवाई गर्दै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरु कानूनसम्मत नरहेको भन्दै तत्काल कामकाज, तलव सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तिहरु कानून सम्मत नरहेको ठहर गरिएको छ ।
अदालतले तत्काल विनियम र कार्यविधि नबनुञ्जेल उनीहरुको नियुक्ति कार्यान्वयन नगर्नु, कामकाज, तलब सुविधा उपलब्ध नगराउनु भनी अन्तरिम आदेश दिएको हो ।
प्रदेश सरकारले प्रदेश भित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो