जनकपुरधाम, भादौं २२ गते
काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । मंगलवार गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई सरुवा गरिएको हो । प्रजिअको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिब गोविन्द प्रसाद रिजाललाई पठाइएको छ । पराजुली मन्त्रालयमा हाजिर भएपछि शाखा तोकिनेछ । पराजुलीलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौं प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।