जनकपुरधाम, भादों २२ गते
देशको विभिन्न जिल्लामा वडाहरुको अधिवेशन सम्पन्न भएसंगै नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रुपमै शुरु भई सकेको छ । यद्यपि प्रदेश २को कुनै पनि जिल्लामा वडाको अधिवेशन हुन सकेको छैन । अधिवेशन सुरु नभएता पनि नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं ३ को अध्यक्षमा प्रमोद साहको नाम चर्चा रहेको छ । वडाको अधिवेशनका लागी साहले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषना गरेका छन् । साह विभिन्न संघ संस्थामा रहि समाजिक कार्यमा समेत उनको योगदान रहेकोले उनको उम्मेदवारी अध्यक्षमा उचित रहेको स्थानीयहरु बताउँछन् । प्रदेश २का जिल्लाहरुमा रहेको सक्रिय सदस्यता सम्बन्धी विवाद निक्र्यौल नलागेकाले यहाँ वडासम्मको अधिवेशन शुरु हुन नसकेको हो । प्रदेश २को ८ वटै जिल्लामा कृयाशिल सदस्यतालाई लिएर विवाद रहेको छ । धनुषाको दुइ वटा क्षेत्रमा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडा अधिवेशन शुरु हुन नसकेको धनुषा सभापति महेशशंकर गिरीले बताए ।