जनकपुरधधाम, भादौं २२ गते
नेपाल वैश्व युवा संघ जिल्ला कार्यसमितिले आयोजना गरेको तिज सम्पन्न भएको छ ।
महिला दिदि बहिनीहरुले आफ्नो कला सांस्कृति झल्काउदै तिज मनाएको हो । आफ्नो कला र सांस्कृति र संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष वैश्व युवा संघले मनाउदै आयरहेका छन् । तिज मनाएसंगै महिला दिदि बहिनीहरुले एक आपसमा शुभकामना आदान प्रदान समेत गरेको हो । आफ्नो कला सांस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने संग लोक गीतहरु समेत गाएका थिए । रौनियार सेवा समितिमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष श्री विनोद कुमार साह , पूर्व मन्त्रि अरबिन्द साह लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता मनोज चौधरी, केन्द्रिय मत्सय सहकारी संघका केन्द्रिय अध्यक्ष संजय कुमार साह, सिन्हा हेल्थ साइन्स फाउण्डेशनका प्रिन्सिपल पुनम साह ,जिल्ला युवा संजालका कोषाध्यक्ष खुशबु साह, तेली कल्याण समाजका कोषाध्यक्ष पवन साहले शुभकामना मन्तव्य राखेका थिए । रुवी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल वैश्य युवा संघ प्रदेशका सदस्य मनोज साह, केन्द्रिय सदस्य रवि साह, रनजित चौधरी, बैश्य कन्या छात्राबासका सहकोषाध्क्ष बबि साह, नेपाल वैश्य युवा संघका कोषाध्यक्ष दिलीप साह, सदस्य सन्दीप नायक लगायतको उपस्थिति रहेको थियो ।