जनकपुरधाम, भादौं २४ गते
नेपाली महिलाको महान पर्व ‘तीज’को रौनक यतिबेला छाएको छ ।
कोभिड–१९ सङ्क्रमणलाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल बढेको छ । विगतका वर्षमा तीज आउन अगावै छोरीचेली यस पर्वका लागि किनमेलमा व्यस्त हुन्थे । कोरोना महामारीका कारण विगतका वर्ष जस्तो नभएपनि यसपटक किनमेलका लागि एक हप्तायता यहाँका बजारमा भीडभाड बढेको देखिन्छ ।
अहिले जनकपुरका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरापोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्न आउने दिदीबहिनीको सङ्ख्या बढ्न थालेको जनकपुर उद्योग वाणिज्य संघका महासचिब मनोज कुमार साह बताउँछन् ।
गणेश युवा कमिटी,व्याहुत कलवार सेवा समितिले बलभद्र पुजा अन्तर्गत महिला मञ्चले तिज मनाइएको हो । मिथिलानी महिलाहरुले आफ्नो संस्कृति परम्परा अनुसार पुजापाठ गरी गणेश युवा कमिटी र व्याहुत सेवा समितिको सभाहलमा तिज पर्व मनाएका हुन ।
मिथिलानी महिलाहरुले आफ्नो कला सांस्कृति झल्काउदै तिज मनाएको हो । आफ्नो कला र सांस्कृति र संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष मिथिलानी महिलाहरुले तिज मनाउदै आइरहेका छन् । तिज मनाएसंगै महिला दिदि बहिनीहरुले एक आपसमा शुभकामना आदान प्रदान समेत गरेको थिए । आफ्नो कला सांस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने संगै नाच,लोक, मौलिक र परम्परागत गीत र कथाहरु समेत सुनाएका थिए ।
विवाहपछि बुहारीले कर्म घरबाट भोगेका पीडा, नमिठा पलहरुलाई गीतमार्फत निर्धक्क अभिव्यक्ति दिएर गाउने अर्थात पीडा विरसाएर खुशी हुने पर्व हो तिज । यो पर्वमा महिलाले व्यक्तिगत आफ्ना पीडालाई गीतमा ढालेर प्रस्तुत गर्दछन् । आफुलाई खुशी एवं स्वतन्त्र भएको महसुस गर्दछन् । आफूलाई घरमा गरिएको अन्यायपुर्ण व्यवहारको यथार्थ चित्रण गीत मार्फत प्रस्तुत गर्ने तीजको सुन्दर पक्ष पनि हो ।
हिन्दु धार्मिक ग्रन्थहरुका अनुसार सत्ययुगमा हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनकी छोरी पार्वतीका साथीहरुले उनलाई लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका तिज भन्ने चलन चलेको हो । यो पर्वमा विवाहित महिलाहरुले आफ्नो पति र सन्तानको दिर्घायुको कामना गर्छन् भने विवाह नगरेका युवतीहरुले राम्रो वर पाउ भनेर कामना गर्ने गर्छन् ।
महिला मञ्चद्वारा आयोजित कार्यक्रममा व्याहुत सेवा समितिका अध्यक्ष शम्भू प्रसाद साह, पुर्व महासचिब गणेश प्रसाद साह,वर्तमान महासचिब संजय प्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पुर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, धर्मेन्द साह, महावीर युवा कमिटीका उपाध्यक्ष महेश साह,निरज विक्रम साह लगायतको उपस्थिति रहेको थियो ।
यता सप्ताही व्यापी कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पतालमा विरामीहरलाई फलफुल वितरण गरिएको महासचिव संजय प्रसाद साहले बताए ।