जनकपुरधाम, भदौँ २५
हलुवाई समाज सेवा समितिको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
हलुवाई समाज सेवा समिति र सोका अध्यक्ष उमेश साहको नाममा उच्च अदालत जनकपुरले विवादको टुंगो नलागेसम्म अध्यक्षको हैसियतले साधारणसभा संचालन गर्ने, नयाँ कार्यसमितिको निर्वाचन गराउने लगायतका कारवाहीहरु नगर्नु नगराउनु, यथास्थितिमा राख्नु भनि अन्तरिम आदेश जारी गरेको हो ।
निवेदक सत्यनारायण प्रसाद गुप्ताले अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनि दिएको मुद्दामाथि न्यायधीश विनोद शर्माको एकल ईजलासले विपक्षी हलुवाई समाज सेवा समिति र सोका अध्यक्ष उमेश साहको नाममा जारी गरिएको छ ।
उच्च अदालतले हलुवाई समाज सेवा समितिको विधान विपरित कार्य कार्यहरु गर्न लागेको भनि विपक्षी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदा पनि सुनुवाई नगरी दिएको र विधान विपरित साधारणसभा संचालन गर्ने, नयाँ कार्य समितिको निर्वाचन गराउने समेतका कार्य गर्न लागेको भन्ने आशंका दशाई प्रस्तुत निषेधाज्ञाको निवेदन दिएको देखिदाँ उल्लेखित विवादको विषयमा दुवै पक्षसंग छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिदा उक्त प्रयोजनको लागि ०७८ असोज ४ गते का दिन आउन भनि आदेशमा उल्लेख गरिएको छ ।
समितिका अध्यक्ष उमेश साहले हलुवाई समाज सेवा समितिको भवन दुरुपयोगको दुरुपयोग, आर्थिक अनियमितता र समयमा समितिको साधारणसभा नै नगरी भवन नै कब्जा गर्न खोजिएको भन्दै समितिका संरक्षक समेत रहेका निवेदक सत्यनारायण प्रसाद गुप्ताले अध्यक्ष उमेश साहमाथि विभिन्न आरोप लगाउदैँ जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा र उच्च अदालत जनकपुरमा समेत न्यायका लागि गुहार लगाएका थिए । निवेदक गुप्ताको पक्षमा अदालतले आदेश दिएपछि हलुवाई जातिहरु समेत खुसी देखिएका छन् ।
Discussion about this post