जनकपुरधाम, भादों २६ गते
लोक कल्याणकारी प्रतिष्ठान जनकपुरधामले आज निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
नव गठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका प्रदेश नं २ का प्देश सांसद् र धनुषा जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आज एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेका छन् । प्रतिष्ठानका मनोज कुमार चोधरीको अध्यक्षमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश सांसद् जितेन्द्र सोनल, बृषेचन्द्र लाल,विजय सिंह,परमेश्वर साह,प्रहलाद गिरी, अभिराम शर्मा, सुरिता साह लगायतलाई स्वागत तथा सम्मान गरेको हो ।
लोसपामा गरेका स्थानीय निर्वाचित जनप्रतिनिधि हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडल, उपप्रमुख रेणु झा, जनकपुरधाम उपमहानगरपालिका वडा नं ३ का दिपेन्द्र साह, वडा नं ४ का सुदर्शन सिंह, वडा नं ७ जानकीराम साह, वडा न. ८ रमेश ठाकुर, ११ का रामचन्द्र साह, कार्यपालिका सदस्य श्याम प्रसाद साह,२४ सत्यनरायण साह लगायतलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का सांसद् एवम् पुर्व भोतिक पुर्वाधार विकास मन्त्री समेत रहेका जितेन्द्र सोनल लगायतका प्रदेश सांसदहरुले स्वागत तथा सम्मान गरेको हो ।
धनुषाका विभिन्न स्थानीय तहका निर्वाचित वडा अध्यक्ष, सदस्यहरुलाई स्वागत र सम्मान गरेका छन् । उक्त कार्यक्रममा लोसपाका नेता संजय सिंह, संजय चौधरी,प्रमोद यादव,नेतृ विभा ठाकरु, पुनम झा,विन्दु ठाकुर लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।