जनकपुरधाम, भादौं २६ गते
कुपोषणका विरामीलाई आर्थिक सहयोग गरेको छ । धनुषाको सवैला नगरपालिका वडा नम्बर ३ स्थित कुपोषणका एक विरामीलाई हेल्प मधेसीले आर्थिक सहयोग गरेको छ । ४ वर्ष देखी कुपोषण पीडित सबैला नपा ३ बस्ने ११ वर्षिय बालिका वर्षा कुमारी महरालाई उपचारका लागी हेल्फ मधेशीले रु १५ हजार आर्थिक सहयोग गरेका छन् । हेल्फ मधेसीका राष्ट्रिय अध्यक्ष राम उदगार यादव र दुर्गा भगवती प्रतिष्ठानका सचिब नथुनी यादव(हरेराम) घर पुगेर नगद १५ हजार पीडित बालिकालाई उपचारका लागी आर्थिक सहयोग गरेको हो । उक्त रकम पीडित बालिकालाई नै हस्तान्तरण गरिएको थियो । पीडित बालिकाको उपचारमा अझै लाग्ने खर्च दिने अध्यक्ष यादवले प्रतिवद्धता जनाए । बालिका विगत ४ वर्ष देखी पेट फुल्ने गरेको तर उपचार हुँदा अहिले धेरै ने निको भएको स्थानीयहरु बताएका छन ् ।