जनकपुरधाम,भादौं २७ गते
प्रत्येक वर्ष झै यस वर्ष पनि हर्षाेउल्लासका साथ बलभद्र पुजनोत्सव मनाइदै छ । जनकपुरधाम वडा नम्बर ४ स्थित व्याहुत कलवार सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरी बलभद्र पुजनोत्सव मनाइरहेका छन् । कलवार सेवा समितिको आयोजना सप्ताह व्यापी अन्तर्गत बलभद्र पुजा आज बडा हर्षाेउल्लासका साथ मनाउदै गरेको हो । पुजा अन्तर्गत आज विहान नगरमा शोत्रा यात्रा निकालेको छ ।
समितिको प्राङ्गनबाट निकालिएको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो । विहान जनकपुरधामको ऐतिहासिक तथा पवित्र सरोवर गंगा सागरमा जल लिई नगरको परिक्रममा गरेको हो । व्याहुत समितिका शम्भू प्रसाद साहको अध्यक्षता तथा निरज विक्रम साहको संयोजकत्वमा लिकालिएको शोत्रा यात्रा महावीर चोक, सुनारपट्टी, जानकी चौक, देवी चौक, मिल्य एरिया, भानु चौक, शिव चौक, जनक चौक, राम चौक, महावीर चौक हुदैं पुन व्याहुत सेवा समितिमा पुगेको हो ।
Discussion about this post