जनकपुरधाम, भादों २६ गते
जनकपुरका नगर क्षेत्रका प्रतिष्ठित संस्था महावीर युवा कमिटीको ५३ ओं साधारणसभा सम्पनन भएको छ । बलराम साहको अध्यक्षता बसेको साधारणसभा सफलता पुर्वक सम्पन्न भएको हो । माता राजदेवी(विजयी दशमी) विगत वर्ष झैं यस वर्ष पनि हर्षाेउल्लासका साथ मनाउने निर्णय गरेको छ । विजयी दशमीका लागी प्रत्येक वर्ष महावीर युवा कमिटीले समिति गठन गरिदै आइरहेकोले यस वर्ष पनि विभिन्न समितिहरु गठन गरिएको हो । समितिको मुलपुजा संयोजकमा दिपक कुमार यादव, ठेहा संयोजक(कालरात्री) आशुतोष साह(छोटु),सुरक्षा समिति संयोजक धिरज बिक्रम साह,रमाइलो मेला बिजय यादब,भजन सन्ध्या बलराम साह,भब्य श्रृङ्गार नितेश जयसबाल,खोइच भराइ शम्भू साह,प्रशाद सुनिल मिश्रा,रावन बध रन्जन जयसवाल, विज्ञापन दिपक गुप्ता,कोभिड–१९सन्जिव साह,बिजय जुलुस श्याम साह,खाना ब्यवस्थापन सन्तोष शर्मा,लाइन ब्यवस्थापन शशी साह,फाउण्डेसनः बजरंग लहेरी,नारिवल राजु राउत,सरसफाइ सुनिल राउत रहेका छन् ।