जनकपुरधाम, भादौं २८ गते
मल्टीपर्पस फाइनान्स कम्पनि लिमिटेडका कार्यकारी प्रमुखमा रजनिश सिंह नियुक्त भएको छ । प्रदेश नं २ को सिरहा,सप्तरी, धनुषा, सर्लाही र महोत्तरी गरि ५ जिल्ला कार्य क्षेत्रको जिम्मेवारीका लागी नियुक्त गरेको हो । मल्टीपर्पस फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सिंहलाई ०७८ भदौ २५ गते देखि लागू हुनेगरी नियुक्ती गरिएको छ । सिंह बिगत दुई दशक भन्दा बढि विभिन्न वृत्तिय संस्था हरुमार्फत जनता माझ वृत्तिय सेवाहरु प्रदान गर्दै आएका छन् । बिगतको ८ वर्ष बैंक अफ काठमाडौं, १२ बर्ष सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र ३ बर्ष जानकी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत का रुपमा जिम्मेवारी समहाली जनता माझ सेवा पुर्याइ सकेका हुन ।
प्रमुख कार्यकारी अधिकृत सिंहका अनुसार अधिकांस ग्रामिण भेगका जनता वित्तीय साक्षरताको पहुँचसम्म पुग्न सकेका छैनन् । अहिले पनि उनीहरु वित्तीय साक्षरताको अभावमा सामाजमा भईरहेको आर्थिक गतिविधिबारे अनभिज्ञ छन् । वित्तीय पहुँच बढाउनका लागि ग्रामीण र कृषिमुखी कार्यक्रम अन्तर्गत लघु र साना ग्रामीण उद्यमहरूको विकास हुनु जरुरी रहेको बताए ।
विगतमा जुन प्रतिष्ठानमा रहि कार्य गरेको त्यो प्रतिष्ठानहरु अहिले निकै नै प्रगती गरेको अधिकांश बैकका अधिकृतहरु बताउँछन् । निजको कार्यकालमा प्रदेश नं. २ का जनताले सर्वसुलभ बैंककिङ्ग सुबिधा उपभोग गर्न पाएका थिए र बिगत झै पाउने अपेक्षा रहेका छन् । चालू यसै आर्थिक वर्षमा मल्टीपर्पस फाइनान्स कम्पनीको थप ५ वटा शाखा कार्यलय संचालन गर्ने योजना रहेको जानकारी गराए ।