जनकपुरधाम, भदौ २८ गते ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाल सरकारले २०७६ साल चैत ११ देखी देशैभरी निषेधाज्ञा घोषणा गरिएको थियो । निषेधाज्ञाका कारण त्यसको प्रभाव सबैभन्दा बढी गरिब तथा विपन्न परिवार भएका थिए । दैनिक ज्यालादारीमा काम गर्नेहरु निषेधाज्ञाका कारण घरमै बस्न बाध्य भएपछि हातमुख जोर्न समेत समस्या भएको थियो । संघ तथा प्रदेश सरकारले स्थानीय तहहरु मार्फत सो समस्या टार्नका लागि खाद्यान्न सामाग्रीका साथै स्वास्थ्य सामाग्री उपलब्ध गराउन रकम उपलब्ध गराउनुका साथै पालिकाको बजेट समेत परिचालन गर्नका निर्देशन दिइएको थियो । तर कोरोनाकालमा धनुषाका स्थानीय तहहरुले राहत सामाग्री उपलब्ध गराउने नाउँमा २२ करोड भन्दा बढी रकम खर्च गरेको पाइएको छ ।
धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका सहित १८ वटा स्थानीय तह रहेकोमा १८ वटै पालिकाले कोरोनाकालमा राहत उपलब्ध गराउने नाउँमा २२ करोड ४ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको पाइएको छ । पालिकाहरुलले आर्थिक वर्ष २०७६÷७७ को चैत देखि असारसम्ममा क्वारेन्टिन खर्च, मास्क, सेनिटाइजर, खाना लागयतका शिर्षकमा सो रकम खर्च गरेको हो ।
कोरोना कालमा सबैभन्दा बढी जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेको छ । जनकपुरधाम उपमहानगरले राहत वितरणको नाउँमा १ करोड ४६ लाख १६ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ भने क्वारेन्टिन÷होल्डिङ्ग सेन्टरवापत ६८ लाख ९१ हजार ५ सय ५९ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६ सय ६४ रुपैयाँ कोरोनाको नाउँमा खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगराईन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १ सय ९२, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार, मिथिला विहारीले १ करोड ४० लाख २९ हजार १ सय ३६, लक्ष्मिनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २ सय २ रुपैयाँ कोरोना महामारीको नाउँमा खर्च गरेको छ ।
हंसपुर नगरपालिकाले आव २०७६÷७७ मा १ करोड २३ लाख ६९ हजार ५ सय २९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो । हंसपुर नगरपालिकाले १६ लाख भन्दा बढीको मास्क मात्र खरिद गरेको हो । नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय, कविर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २ सय ५८, आदित्य इन्टरनेशनलसँग के एन ९५ मास्क खरिद वापत १ लाख ५४ हजार ५ सय ६०, वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग पिपिई सेट, मास्क सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कमला नगरपालिकाले आव २०७६÷७७ मा १ करोड २३ लाख १५ हजार ७ सय ९५ रुपैयाँ कोरोना महामारीमा खर्च गरेको छ । त्यस्तै क्षिरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५ सय ५५, विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३, शहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७ सय ८९, धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४ सय ६२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २, धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६ सय, औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २ सय ५४, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ र वटेश्वर गाउँपालिकाले कोरोना महामारीमा २० लाख ९५ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।