जनकपुरधाम, भादौं २९ गते
जनकपुरधामको पेठिया बजारमा प्रशासनकै संरक्षणमा आरकेस्ट्रा भइरहेको छ । कोरोना महामारीका कारण भीडभाड नगर्न स्थानीय प्रशासनले रोक लगाएपनि प्रशासनकै संरक्षण पेठिया बजारमा आरकेस्ट्रा भइरहेको हो । श्रीराम जानकी युवा कमिटीको आयोजनामा अबेरारातीसम्म आरकेस्ट्रा चलिरहेको छ । तर स्थानीय प्रशासन मौन बसेका छन् ।जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले कोरोना महामारीमा मठ–मन्दिर तथा शक्तिपीठमा हुने भीडभाड नगरी मनाउँन निर्देशन समेत दिएको छ । तर त्यही निर्देशनको अवज्ञा गर्दै जनकपुरको पेठिया बजारमा रामजानकी युवा क्लब र स्थानीय प्रशासनको मिलोमतोमा आरकेस्ट्रा प्रोग्रामको आयोजना गरेको हो ।
यहिको समाजबाट पुजाका लागी चन्दा संकल्न गर्ने र गणेश पुजामा भजन संध्याको नाममा आरकेस्ट्रा गर्नु संस्थालाई बदनाम गर्न खेलमा लागेको क्लवका पुर्व पदाधिकारीहरु बताउँछन् । भजन संध्या, सांस्कृतिक कार्यक्रममाको नाममा आरकेस्ट्रा गर्नु कतिको उचित हो र प्रशासन मौन बस्नु कतै न कतै स्थानीय प्रशासनकै मिलोमतोमा भइरहेको स्थानीयहरुको बताउँछन् । पुजाकै अवसरमा सांस्कृतिक कार्यक्रमको नाममा आरकेस्ट्रामा अस्लील नृत्य प्रदर्शन समेत भइरहेता पनि स्थानीय प्रशासन मौन बसेका बसेका छन् । युवतीहरु मंचमा छोटो कपडा लगाएर अस्लील हाउभाउका साथ नृत्य प्रदर्शन गरिएको हो ।