काठमाडौं, भदौ ३० गते ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवस नमनाउने भएको छ । संविधान संशोधन अझै नभएकाले असोज ३ गते उसले संविधान दिवस नमनाउने भएको हो ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले आन्तरिक सर्कुलर जारी गर्दै संविधान दिवसका दिन विरोधका कार्यक्रम आयोजना गर्न निर्देशन दिएका छन् ।
‘अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरू सम्बोधनार्थ प्रत्येक वर्ष असोज ३ गते विरोधका कार्यक्रमहरू गर्दै आएका छौ,’ जिल्लामा ठाकुरले पठाएको सर्कुलरमा भनिएको छ,‘यस वर्ष पनि आ–आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरूमा कोभिडलाई मध्यनजर गरी आफूलाई अनुकुल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचार गोष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रम गरी आसोज ३ गते विरोधका कार्यक्रमहरू गर्न सबै जिल्लाहरूलाई आग्रह गर्दछौं ।’