Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

एमाले भत्किएर जाने नेतृ झाँक्रीको दावी

एमाले भत्किएर जाने नेतृ झाँक्रीको दावी

जनकपुरधाम, असोज २ गते ।

नेकपा (एस)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले ७ महिनापछि एमाले भत्किने दावी गरेकी छन् । समाजवादी प्रेस संगठनले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाँक्रीले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले भत्किएर जाने दावी गरिन् ।

उनले केपी शर्मा ओली सच्चिने कुनै सम्भावना नरहेकोले ओलीकै कार्यकर्ताहरु उनको साथ छोड्ने बताइन् । उनले भनिन् ‘कुनै चिज बिग्रेपछि काम लाग्दैन्, ओली सच्चिने कुनै सम्भावना छैन् त्यसकारण कुनै सम्भावना नै नभएको घरमा बस्नु भन्दा समयमै त्यहाँबाट छोडेर यो आन्दोलनमा समाहित हुनु सबैका लागि हितकर हुनेछ ।’

संगठन निर्माणको क्रममा विद्रोहको प्रक्रियालाई संगठित गर्ने अभियान चलेको बताउँदै उनले सयौं नेताहरू एकीकृत समाजवादी पार्टीमा आउन चाहिरहेको जिकिर समेत गरिन् ।

नेकपा एमालेको नेतृत्वमा अवसरवाद, व्यक्तिवाद, नातावाद, विसर्जनवाद, दक्षिणपन्थी हावी भई पार्टी सच्चिनै नसक्ने अवस्थामा गएपछि आफूहरुले विद्रोह गरेको नेतृ झाँक्रीले बताईन् । दुई तिहाई बहुमतको तत्कालिन सरकारलाई सोही ढंगले सञ्चालन गर्न नसकेर त्यसको बदलामा मध्यावधि निर्वाचनको माग गर्दै दुई दुई पटक संसद विघटन गर्ने जस्तो गैरजिम्मेवार, असंवैधानिक र अपराध गर्ने काम गरिएको आरोप लगाउँदै नेतु झाँक्रीले आफूहरुले गरेको विद्रोह संविधानको रक्षाको लागि लोकतन्त्रलाई प्रवद्र्धन गर्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति रहेको धारणा राखिन ।

उनले युवा पुस्तामा एकीकृत समाजवादी पार्टीको बढ्दो आकर्षण रहेको र समाजवादतर्फको यात्रामा आफूहरु अगाडि बढ्छौं भन्ने संकल्पलाई धेरै साथ र सहयोग भेटिरहेको दावी समेत गरिन् ।

यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन् भने उनले हाम्रो बाटो किन छेकी राख्नुभएको छ ? उनले प्रश्न गरिन् ।

उनले भनिन्, ‘केपी ओलीको दक्षिणपन्थको विरुद्ध विद्रोहको सानो झिल्को हो । अहिले सलाई मात्रै कोरिएको हो । बिस्तारै धेरै ठुलो डढेलो लागेर सत्यानाश गर्नेवाला छ । उहाँ धेरै हतास मनस्थितीमा हुनुहुन्छ ।’

Discussion about this post

Related Posts

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
BannerNews

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

३ महिना अगाडि
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In