जनकपुरधाम,असोज ३ गते
महोत्तरीको भंगहा नगरपालिकाको एक वडामा वृक्षारोपन गरेको छ ।
प्राकृतिकलाई अध्ययन गरौं, प्राकृतिक संग प्रेम गरौं, प्राकृतिक संग निकटता बढाउ, यसले निरासा होइन नयाँ सम्भावना देखाउछ अभिप्रायका साथ वृक्षारोपन गरेका हुन । मेरो रेजा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छठौं स्थापना दिवसको अवसरमा वृक्षारोपन गरिएको हो । सहकारीको छठौं स्थापना दिवसको अवसरमा भगहा नगरपालिकाको वडा नम्बर ८ स्थित सौतुर रज्जा मदर्शामा आज वृक्षारोपन गरेका छन् ।
मोहम्मद रज्जाको अध्यक्षता तथा भँगहा नगरपालिकाका नगरप्रमुख संजीव कुमार साहको प्रमुख अतिथ्यमा मदर्शामा आज वृक्षारोपन गरेको हो । कार्यक्रममा नगर प्रमुख साहले आजको कोरोना महामारीको समयममा वृक्षारोपन प्राकृतिक संरक्षण र सम्बर्दन मानव जीवनको लागी अतिनै महत्वपुर्ण रहेको बताए । वृक्षारोपन कार्यक्रममा प्रदेश नं २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत रामपृत यादव,युवा नेता मोहम्मद सरिफ राईन लगायतको उपस्थिति रहेको थियो ।