जनकपुरधाम, असोज ३ गते
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाइएको छ । लोसपाले असोज ३ गते कालो दिनको रुपमा मनाइदै जनकपुरमा विरोध प्रदर्शन गरेका छन् । संविधान त्रुटिपूर्ण रहेको भन्दै संशोधनको मांग गर्दै जनकपुरमा विरोध प्रदर्शन गरेको हो । लोसपाले आज कालो झण्डा र व्यानरसहित नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।
यसअघि गतवर्ष पनि असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिवसको रपमा मनाइएको थियो । संविधानमा मधेशी, जनजाती, आदिवासी,दलित, थारु, मुस्लिम,खस,महिला लगायत उत्पीडित समुदायको पक्षमा नरहेको भन्दै नगरमा विरोध प्रदर्शन गरेका हुन ।
आज गरिएको विरोध प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेश सांसद परमेश्वर साह, हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडल, उपप्रमुख रेणुझा,जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता झा, धनुषा समन्वय समितिका उपाध्यक्ष दिपक झा,नेतृ विभा ठाकुर, पुनम झा,विन्दु ठाकुर,सरिता साह,युवा नेता महाशंकर ठाकुर,प्रमोद यादव,ज्ञानेन्द्र झा, जानकीराम साह, प्रशान्त झा, आशुतोष साह लगायतको सहभागीता थियो ।