• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

नगरसभापति साहले व्यक्तिगत जग्गाको मुल्यांकन बढाउन खोजेको आरोप

Author Avatar न्युज डेस्क 20th September 2021 , 12:02 AM
नगरसभापति साहले व्यक्तिगत जग्गाको मुल्यांकन बढाउन खोजेको आरोप

जनकपुरधाम, असोज ३ गते

जनकपुरधामस्थित नोचा पोखरीको सरसफाइको नाममा नेपाली काँग्रेसका नगरसभापति मनोज साहले व्यक्तिगत जग्गाको मूल्यांकन बढाउन खोजिरहेको आरोप लगाइएको छ ।

नगरसभापति साहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० स्थित नोचा पोखरीको सरसफाइको नाममा प्रदेश सरकारबाट करोडौंको बजेट लगि आफ्नो व्यक्तिगत जग्गाको मूल्यांकन बढाउने चलखेल गरिरहेको उनका आफ्नै पार्टीका एक कार्यकर्ताले आरोप लगाएका हुन् ।

स्रोतका अनुसार साहको नोचा पोखरी नजिक व्यक्तिगत ५ बिग्हाभन्दा बढि नीजि जग्गा रहेको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपाली काँग्रेसका कार्यकर्ता जितेन्द्र प्रसाद साहले आफ्नो फोसबुकवालमा लेखेका छन्,‘नोचा पोखरी हैन् हजुर लोचा पोखरी भने हुन्छ ।’

उनले नगरसभापति साहप्रति व्यङग गर्दै लेखेका छन,्‘पहिले आफ्नो विकास गर्नु छ । कर छुटको बहानामा जनकपुरधाम उपमहानगरपालिकाकोे विरोध पनि गरियो नोचा पोखरीको विकासको नाममा करोडौं रुपैयाँ लिएपछि आन्दोलन समेत बन्द गरियो ।’ उनले मनोज साहले प्रतिपक्षको भूमिकालाई बिर्सेर जनतालाई मूर्ख बनाई लाखौं मूल्य बराबरको नोचा पोखरी आसपासका आफ्ना खेतहरुको मूल्यांकन बढाई करोडौं पुर्याउन सफल भएको दावी समेत गरेका छन् ।

जितेन्द्रले इमान्दार कार्यकर्ताहरु मात्र उनीहरुको चपेटामा परेको भन्दै कार्यकर्तालाई उनीहरुले चाकडी गर्ने साधन बनाएको आरोप समेत लगाए । मनोज साहले चुनाव पनि आफैं लड्ने र पैसाको बलमा चुनाव जित्ने सपना बुनिरहेको जितेन्द्रको आशंका छ ।

आइतबार संविधान दिवसको अवसरमा नेपाली काँग्रेसकोतर्फबाट सरकारमा सहभागी भई भौतिक पूर्वाधार विकासमन्त्री बनेका रामसरोज यादवले आयोजना गरेको नोचा पोखरी सरसफाइ कार्यक्रममा सर्वसाधारणको सहभागिता नै नरहेको र त्यस कार्यक्रममा उनी निकट उनका समर्थक नेता कार्यकर्ताहरु मात्र सहभागी रहेको देखिएको थियो ।

मनोज साहको वर्षौंको प्रयासले नोचा पोखरीले मूर्तरुप लिँदआएको भनिएपनि त्यहाँका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा आन्तरिक र बाहिरी पर्यटकलाई आकर्षित गर्न नभई जनकपुर जटहीको सिक्सलेन बाटोबाट पोखरीसम्म खेतखलिहान हुँदै कालोपत्रे गरि उनले आफ्नो व्यक्तिगत जग्गाको मूल्यांकन बढाएको बताए । जग्गाको मूल्यांकन बढाउन मर्निङ वाकको लागी पोखरीको चारैतिर पिसिसि ढलान र पिकनिकको लागी सेड, शौचालय, चापाकललगायतकाहरु निर्माण गरिएको छ ।

यता, नोचा पोखरी आसपासको जग्गाको मुल्यांकन करोडौंबाट अर्बौं खर्बौ पुर्याउन ग्रयाण्ड डिजाइन गरिएको नेपाल तरुण दल धनुषाका जिल्ला सदस्य समेत रहेका महावीर युवा कमिटीका उपाध्यक्ष महेश कुमार साहले दावी गरेका छन् । उनले ‛चोरको साक्षी डाक‘ु भन्ने भनाईलाई चरितार्थ गर्दै मनोज साहले सडकको विकास खेतमा गरेको र आसपासका करोडौंका नीजि जग्गाको मूल्यांकन अर्बौं बनाउनु विकास नभई नीतिगत भ्रष्टाचारको सर्वश्रेष्ठ नमुना रहेको जिकिर गरेका छन् ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति