बुटबल, असोज ४ गते
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी कुटिएको छ ।
पहिरो पीडित क्षेत्रमा अनुगमन गर्न पुगेका नगर प्रमुख सुवेदीलाई कुटिएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योति नगरमा पहिरोबाट पीडित भएकाहरुले प्रमुख सुवेदीलाई कुटिएको हो । तत्काललै स्थानीय प्रशासन आएर घटनालाई साम्य पारेका थिए । पीडितलाई बारम्बार आश्वासन दिए पनि समस्या समाधान तर्फ ध्यान नदिएको भन्दै नगर प्रमुख सुवेदीलाई कुटिएको स्थानीबासी बताउँछन् । नगर प्रमुखलाई कुटिएको भिडियो समाजिक संजालमा भाइरल भएको छ ।बुटवलको ज्योतिनगरमा पहिरो झर्दा ८ घर विस्थापित बनेका छन् । करिब ६० घरमा पहिरोको लेदो पसेको थियो । विस्थापितले अहिलेसम्म राहत पाएका छैनन् । पीडित तुल्सा सुबेदीले कुनै सरकारले पनि आफूहरुलाई नहेरेको बताइन् ।
बुटवलमाथिको चुरेबाट पहिरो झरेको हो । यो पहिरोले त्यस क्षेत्रका सयौं घर असुरक्षित रहेका छन् । २० वर्षअघि सोही स्थानमा पहिरो झर्दा बस्ती नै विस्थापित भएको थियो ।
तस्वीर समाजिक संजालबाट