जनकपुरधाम, असोज ६ गते
प्रदेश नं २ का एक मन्त्रीले आफ्नो पदीय मार्यादाको ख्यालै नगरी गालीगालोजमा उत्रेको छ ।सार्वजानिक स्थलमै गालीगलोज, धक्कामुक्की र अभद्र व्यवहार गरेको प्रदेश नं २ का महिला बालबालिका मन्त्री विरेन्द्र सिंहको चौतर्फी आलोचना हुन थालेका छन् । मन्त्री सिंहले आफ्नो पदीय मार्यादा विपरित गालीगलोजमा उत्रेको भिडियो सार्वजानिक भएको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यालय काठमाडौं स्थित सनेपामा मंगलवार मन्त्री सिंहले बरहथवा नगरपालिका वडा नं. ४ हजरियाका वडाध्यक्ष लखिन्द्र महतोबिच अपशब्द गलाीगलौजसहित धक्काधुक्की भएको भिडियो अहिले समाजिक संजालमा भाइरल भएको हो । समाजिक संजालमा सार्वजानिक भएको भिडियोमा केही व्यक्तिहरु गालीगलोज नगर्न आग्रह गरिरहेका छन् तर पनि मन्त्री सिंहले सबैको कुरा काटदै गालीगलोज गरिरहेका छन् ।
तर, मन्त्री सिंह आफु बर्दास्त गर्न नसक्ने भन्दै गालीगलौज गरिरहेको देखिन्छन् ।
यता मन्त्री सिंहले आफुलाई बदनाम गर्न अमरेश सिंहले केहि कार्यकर्तालाई उक्साएको आरोप लगाएका छन् । केही व्यक्तिलाई खटाएर मलाई गाली गर्न लगाएपछि म पनि आवेशमा आएर गाली गरे तर गाली अमरेश सिंहलाई गरेको बताए ।
हुन त प्रदेश २ का यी मन्त्री नै मात्र धक्काधुक्की र गालीमा उत्रेको पहिलो घटना होइन ।
यसअघि तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योगा वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई झापड हानेका थिए ।
मुख्यमन्त्री लालबाबु राउत एक अन्तरवार्तामै अपशब्द बोलेका थिए भने समाजिक विकास मन्त्री नवलकिशोर साह मन्त्रालयको कुर्सीमा बसेर गालीगलौज गरिरहेका भिडियो नै सार्वजनिक भएको थियो