जनकपुरधाम, असोज ७ गते
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई भव्य स्वागत गरेको छ । जनकपुरधाम विमान स्थालमा लोसपाका नेता तथा कार्यकर्ताहरले भव्य स्वागत गरेको हो । लोसपाका सासद् सुरिता साह,पुर्व मन्त्री अरविन्द साह, नेतृ विभा ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाकी उप प्रमुख रिता झा, नेता संजय सिंह, संजय चौधरी, जानकी राम साह,मनिष चौधरी,रमण पाण्डे,मनोज साह लगायतका नेता तथा कार्यकर्ताहरुले नेता महतोलाई भव्य स्वागत गरेका हुन ।
विहिवार जनकपुरधाम विमान स्थलमा संचारकर्मीहरु संग कुरा गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले वर्तमान सरकारले अढाई महिनासम्म सत्ता सम्हालेको भएपनि मन्त्री परिषद् विस्तार गर्न सकेको छैन । उनले गठबन्धनमा रहेका दलहरुकै कमी कमजोरीका कारण हालसम्म मन्त्री परिषद् विस्तार हुन सकेका छैन । नेता महतोले गठबनले पुर्णयता पाएको छैन सरकारमा सहभागी भएको छैन यस्तो अवस्थामा लोसपा सरकारमा जाने कि नजाने केही निर्णय गरेको छैनौं । धनुषा क्षेत्र नम्बर ३ का सांसद् समेत रहेका नेता महतोले सरकारले मांग र मुद्दा सकारात्मक रुपमा अगाडी बढाउने हो भने हाम्रो समर्थन छ।