जनकपुरधाम, असोज ७ गते
जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार गत तीन महिनादेखि ठप्प रहेको छ ।
उपमहानगरपालिकाको नयाँ खाता संचालन हुन नसक्दा आर्थिक ठप्प हुन गएको हो । उपमहानगरपालिकाका वडाध्यक्षहरुले मेयर लालकिशोर साहले पछिल्लो परिषदको फाइल क्लोज नगरेको अहिलेसम्म नयाँ खाता संचालन हुन नसक्दा आर्थिक कारोबार ठप्प हुन गएको आरोप लगाएका छन ।
वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले पछिल्लो परिषदको निर्णय सहितको फाइल क्लोज गरेर नेटमा हाल्न नसकेको कारण नयाँ खाता हुन नसकेको भने । उनले भने परिषदको निर्णय सहितको फाइल परिषद सम्पन्नको १५ भित्रै गर्नुपर्ने कानूनी प्रावधान छ तर मेयर साहले आफ्नो योजनाहरु हालसम्म छनौट गर्न नसकेको कारण फाइल क्लोज गरेको छैन । नयाँ खाता संचालन हुन नसक्दा उपमहानगपालिका र वडाका आर्थिक कारोबार गत तीन महिनादेखि ठप्प रहेको उनले बताए ।
त्यस्तै वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णले भने मैले बुझेसम्म आफूहरुले परिषदमा आफ्नो योजना राखिसकेपनि मेयर साह र उपमेयर रीता मिश्रले आफ्ना योजनाहरु रकम सहित छनौट गर्न नसकेको कारण फाइल क्लोज गर्नमा ढिलाई भइरहेको छ ।
वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पनि मेयर साहकै कारण आर्थिक कारोबार ठप्प रहेको आरोप लगाए । उनले भने पछिल्लो परिषदको फाइल क्लोज गरेर नेटमा हाल्ने र त्यहाँबाट स्वीकृति पश्चात खाता खोल्ने प्रावधान छ तर सो प्रक्रिया पुरा गर्न नसक्दा खाता संचालनमा ढिलाई भएको हो ।
परिषदबाट गरिएको निर्णयको फाइल क्लोज गरेपछि त्यसलाई सम्बन्धित निकायको नेटमा हाल्नुपर्छ सो स्वीकृत भएपछि नयाँ खाता संचालनका लागि त्यहाँबाट आएको पत्रको आधारमा अख्तियारी पश्चात खुल्ने कानूनी प्रावधान छ । तर उपमहानगरपालिकाले हासम्म सो प्रक्रिया पुरा गर्न सकेको छैन ।
यता नाम उल्लेख नगर्ने शर्तमा उपमहानगरपालिकाका एक कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत विनोद खड्का र मेयर साहबीचको मतान्तरले गर्दा फाइल क्लोजन हुन नसकेको बताए ।
उनले भने योजना छनौटमा नपरेका करारमा कर्मचारी भर्ना, मरम्मत सम्भारका लागि रहेका गाडी बनाउने, विभिन्न योजनामा रकम निर्धारणको विषयमा प्रमुख प्रशासकीय अधिकृतले असहमति जनाएको कारण मेयर साहले १५ दिन गर्नु फाइल क्लोज हालसम्म गरेको छैन ।
उनले प्रष्टयाउंदै भने परिषद वा बोर्डमा छलफल नै नभएका विषय करारमा कर्मचारी भर्ना गर्ने, मेयर चढदै आएको करीब डेढ करोड मूल्य बराबरको गाडी मरम्मत सम्भारमा लाग्ने खर्च ४८ लाख तिर्ने मेयरले राख्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतले ती कुरामा असहमति जनाउंदै करारमा कर्मचारी भर्ना गर्ने बोर्डबाट निर्णय भएपछि मात्रै राख्न सकिने र गाडी मरम्मतमा त्यति रकम तिर्नुभन्दा सो रकममा नयाँ गाडी नै खरीद गर्ने भन्दै आएका छन ।
नयाँ खाता संचालन हुन नसक्दा कर्मचारीहरुले गत तीन महिनादेखि तलब खान पाएका छैनन भने औषधि तथा शैक्षिक सामाग्री लगायत उपमहानगर तथा वडा कार्यालयका अन्य आर्थिक कारोबार ठप्प रहेको बताइएको छ ।
उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झाले उपहानगरपालिकाको नयाँ खाता संचालन हुन नसक्दा कर्मचारीहरुको तीन महिनाको तलब बांकी रहेको र औषधि तथा शैक्षिक सामाग्री खरीद लगायतका कुनैपनि आर्थिक कारोबार अघि बढन नसकेको बताए ।
उनले थप्दै भने अहिलेसम्म खाता संचालन हुन नसकेपनि दशैं तिहार नजिक कात्तिक महिनामा कर्मचारीहरुलाई तलब भत्ता लगायतका भुक्तानीका लागि जसरी खोल्नैपर्छ ।
के कति कारण खाता खुल्न नसकेको जिज्ञासामा उनले बताउन नचाहदै लेखा अधिकृत झाले प्राविधिक प्रक्रिया पुरा गर्न नसएिको कारण खुल्न नसकेको भनेर कुरा टालेका छन ।
नयाँ खाता हालसम्म किन संचालन हुन नसकेको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत ढकाल कुरा गर्न नचाहदै भने प्रक्रियामा छन, जहाँसम्म फाइल किन क्लोज गरिएन भने कुरा मेयरज्यूको अधिकारको कुरा हो उहाँसंगै सोध्नुस भने कुरा टालेका छन ।
यता मेयर लाल किशोर साहले उपमहानगरपालिकाको खाता हालसम्म किन संचालन हुन नसकेको जिज्ञासामा हाम्रो पालिकाका मात्रै देशका अधिकांश पालिकाको खाता संचालन हुन सकेको छैन, किन खुल्ने भने कुराको जवाफ खाता खोल्ने काम कोलेनिकाको हो उहाँसंगै सोध्नुस ।
परिषदको फाइल तपाईले क्लोज गर्न नसकेको कारण खाता संचालन हुन सकेको आरोप आइरहेको कुरामा उनले फाइल क्लोज भइसकेको दाबी गर्दै भने नयाँ खाता संचालनमा प्रत्येक वर्ष असोज कात्तिकसम्मको समय लाग्छ, प्रक्रियामा छन चाँडै नै खुल्नेछ ।