जनकपुरधाम, असोज ८ गते
शहरी विकास मन्त्रालयका सचिब रमेश कुमार सिंहको आमा स्व.सुनैना देवीलाई लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले श्रद्धाञ्ली दिएको छ । जनकपुरधाम वडा नं ९ स्थित सचिब सिंहको स्व. आमालाई घरमा पुगेर पुर्व शहरी विकास मन्त्री रहेका नेता महतोले श्रद्धाञ्जली दिएको हो । सचिब सिंहको आमा स्व. सुनैना देवीको ७८ वर्षको उमेरमा असोज १ गते निधन भएको थियो । धनु्षा क्षेत्र नम्बर ३ का सांसद् समेत रहेका नेता महतो सहित लोसपाका नेता मनोज कुमार चौधरी, संजय सिंह, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, सत्यनारायण साह, रामअशिष दास, जिवेन्द्र झा, मनोज साह, संजय कुमार साह लगायतका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जली दिएका छन् ।