जनकपुरधाम, असोज ९ गते
सेवा दिने उद्देश्यले जनकपुरमा निःशुल्क दन्तर आँखा शिविरको आयोजना गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित समाज युवा क्लबको आयोजनामा निःशुल्क दन्त र आखाँ शिविर गरिएको हो । आयोजना गरिएको दन्त शिविरमा दन्त चिकित्सक मिशा महासेठले उपचार गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ तपसी चौक स्थित तराई डेन्टल क्लिनीकका संचालक समेत रहेकी महासेठले १५० जनालाई आज दन्तका विरामीलाई उपचार गरेको हो । उपचार गराएका विरामीहरुलाई तराई डेन्टल क्लिनीकले निः शुल्क ओषधी उपलब्ध गराएका हुन । यता १२५ जनालाई निः शुल्क आखाँ उपचार गरिएको छ । आयोजित आखाँ शिवरमा जनकपुर नेत्रालय आखाँ अस्पतालका संचालक एवं चिकित्सक समेत रहेका रवि शंकर चोधरी र संतोष साहले निः शुल्क उपचार गरिएको थियो । आखाँका विरामीलाई उक्त अस्पतालबाट निः शुल्क औषधी उपलब्ध गराएका् हुन् । शिविर आज विहान ८ बजेदेखी बेलुका ४ बजेसम्म संचालन गरिएको थियो ।