जनकपुरधाम, असोज १० गते
जानकी मेडिकल शिक्षण अस्पतालद्वारा निः शुल्क स्वास्थ्य शिविर गरेको छ ।
धनुषाको शहिर नगरपालिका डुमरिया स्थित जानकी मेडिकलले आयोजना गरेको निः शुल्क स्वास्थ्यमा ५ सय भन्दा बढि सेवाबाट स्थानीय लाभान्वित भएका छन् ।धनुषाको पूर्वी क्षेत्रमा नेपाल भारत सीमा नजिक पर्ने शहीदनगर नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नम्बर ८ डुमरियाका ५ सय ५० जना स्थानीयलाई स्वास्थ्य उपचार सेवा दिइएको हो ।
स्वास्थ्य शिविरमा गाइनो, सर्जरी, बालरोग लगायतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको थियो । निःशुल्क रुपमा आयोजना गरिएको सो शिविरमा स्वास्थ्य उपचार सेवाका साथै उपलब्ध औषधीहरु समेत दिइएको थियोे । शिविरमा गाइनो विशेषज्ञ चिकित्सक चन्द्ररेखा इसार, सर्जरीका चिकित्सक रोविन प्रताप साह, बालरोग विशेषज्ञ चिकित्सक दीपकराज पौडेल लगायतका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
वडा नम्बर ८का वडाध्यक्ष तनुकलाल कुसियैतको उपस्थितिमा त्यहाँका स्थानीयलाई जानकी मेडिकल शिक्षण अस्पतालका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।