जनकपुरधाम, असोज १० गते
नव गठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई सम्मान गरेको छ । जनकपुरधाम स्थित महावीर युवा कमिटीका नव निर्वाचित पदाधिकारीहरुले सम्मान गरेका छन् । विहान राजदेवी मन्दिरमा दर्शन गर्न पुगेका नेता महतोलाई सम्मान गरेको हो । धनुषा क्षेत्र नम्बर ३ का सांसद् समेत रहेका नेता महतोलाई महावीर युवा कमिटीका नव निर्वाचित अध्यक्ष बलराम साह, उपाध्यक्ष, महेश कुमार साह, महासचिब दिपक साह(मिन्टु), सचिब त्रिदेव प्रसाद साह, कोषाध्यक्ष विकास राय लगायतले सम्मान गरेका हुन । नेता महतोसंगै लोसपाका नेता मनोज चौधरी, संजय चौधरी दर्शन गर्न पुगेका थिए । नेता महतोले महावीरका नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदैं सफलकार्यकालको कामना गरेको थिए ।