जनकपुरधाम, असोज १० गते
जनकपुरधाममा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जनकपुरधामकामे पिडारी चौकमा ट्रिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आन्नद किशोर दासको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार ना.७.ख.४७४१ नम्बरको ट्रिपरले ठक्कर दिँदा दासको घटना स्थलमै ज्यान गएको हो । दासको घटना स्थलमै ज्यान गएपछि स्थानीयहरु आक्रोसित हुदैं ट्रिपरमा आगजनी गरेका हुन । चौराहामा गलत बाटोबाट हिडेपछि ट्रिपरले दासलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यू भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको उनले बताए ।
आगजनीबाट टिपर क्षतिग्रस्त बनेको छ । अहिले पिडारी चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिनेलाई कडा कारबाहीको माग गरेका छन् ।