जनकपुरधाम, असोज ११ गते
धनुषाको शहिद नगरपालिकामा थप एक व्यवसायीक प्रतिष्ठान संचानलमा आएको छ । धनुषाको शहिद नगरपालिकाको यदुकहा स्थित चांन्दनी चौकमा यामाहा मोटरसाइकलको शोरुम विधिवत रुपमा संचालनमा आएको हो । श्री महारानी अटो ट्रडर्सले आफ्नो यामाहा मोटरसाइकलको शोरुम आजदेखी संचालनमा ल्याएका हुन । यामाहा कम्पनीको शहरमा बढदै गरेको अत्याधिक मांगलाई पुरा गर्ने उद्देश्यले उक्त नयाँ शोरुम संचालमा ल्याएको श्री महारानी अटो ट्रडर्सका संचालक बद्री नारायण यादबले बताए ।
उनले यस शोरुममा यामाहाका मोटरसाइकका सबै प्रकारका मोडेल हामी कहाँ उपल्बध रहेको जानकारी गराए । उक्त शोरुममाको आज शहिद नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया र यामाहा कम्पनीका प्रतिनिधि हरि कुमार ढकालले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । शोरुमबाट यामहा मोटरसाइकल खरिद गरेको धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का पप्पु प्रसाद यादव र चोराकोइलपुरका काशिन्द्र यादवलाई शहिद नपाका नगर प्रमुख बरबरिया, यामहाका प्रतिनिधि ढकाल र शोरुमका संचालक यादवले सांचो हस्तान्तरढा गरेका थिए । नेपालमा यामाहा बाइकहरू अत्यन्त विश्वसनीय बाइक मानिन्छन् । यस कम्पनीले आफ्नो ग्राहकहरुका लागी आवश्यता प्रति सजग हुदै आएको छ । देश भरी हालसम्म ९२ वटा यामहा मोटरसाइकलको शोरुम संचालनमा छन् । शोरुममा विक्रीका साथै स्पेयर पार्ट्सका सेवाहरु पनि उपल्बध रहेको कुरा संचालक यादवले जानकारी दिए । यसका साथै शोरुममा यामाहा एफ आइ स्टेसन पनि रहने छ र जहाँ एफ–आई प्रविधि युक्त मोटरसाइकलहरु लाई आधुनिक हेल्थकार्ड मार्फत नव प्रविधिद्वारा सेवा प्रदान गरिने छ । उक्त शोरुम समुद्घाटन समारोहमा सांकृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रममा यामाहा कम्पनीका प्रतिनिधि रविन श्रेष्ठ,अमित कुमार झा, कुन्दन भण्डारी, अंकित कोइराला तथा विभिन्न पार्टीका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।