जनकपुरधाम,असोज १३ गते
नेपाल सरकारले सबैका लागी निःशुल्क शिक्षा भनेता पनि जनकपुरधाम उपमहागरपालिका भित्र एक सामुदायिक विद्यालयले विभिन्न बाहानामा शुल्क लिएर नामाकंन गरेको पाइएको छ । शिक्षा ऐन र नियमावलीअनुसार सामुदायिकका विद्यार्थीले शुल्क तिर्नुपर्दैन । सामुदायिकमा पढ्ने बालबालिकालाई सरकारले पूर्वप्राथामिकदेखि माध्यामिक कक्षासम्म निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।तर पटक–पटक जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ४ स्थित श्री संकट मोचन देशशरण रामरती उच्च मा.विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेको अभिभावकबाट गुनोसो आएको हो । प्रदेश नं २ को नमूना विद्यालय भन्ने श्री संकट मोचन देवशरण रामरती उच्च मा.विद्यालय यस्तो कार्यप्रति सबैले गुनासो गर्न थालेका छन् । उक्त विद्यालयमा कक्षा ८(आठ)मा अध्ययनरत एक विद्यार्थी संग मासिक शुल्कको नाममा ९ सय रुपैया लिने गरेको रहस्य बाहिरिएको छ । नामाकंन, खेलकुद लगायत विभिन्न बहानामा विद्यालयले हजारों विद्यार्थीसंग नामांकनको नाम रकम असुल्दै आएका छन् । विद्यार्थीबाट विभिन्न बहानामा असुल गरेका रकम विद्यालय प्रधानाध्यापक बलराम साह, सुशिल साह लगायतका शिक्षकको पोटेकमा जाने गरेको विद्यालय स्रोतले बताए । विद्यार्थी संग रकम असुल गर्न लेखा शाखामा प्रअ साहले आफ्नै शिक्षक राखेको हो । लेखा शाखामा वाणिज्य संकाय गरेकालाई राख्ने प्रावधान रहेता पनि अ्रग्रजी विषयका शिक्षक सुशिल साहलाई राखेका छन् । विद्यालय प्रअ साहले यति मात्र होइन छात्रछात्रालाई पढाउनका लागी आएको स्मार्ट बोर्ड समेत आफ्नो घर लागेको आरोप स्थानीयको छ । स्मार्ट बोर्ड प्रअले विद्यालयलाई बुझाए संगै अबको दिनमा यस्तो कार्य नहुने बोण्ड समेत बनाएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताए । विद्यालयको लागी ठुलो चुनौतीको विषय बन्न पुगेको छ ।