जनकपुरधाम, असोज १४ गते
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत तनावमा छ । करोडोंको भष्ट्रचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । आयोगको छानविनमा तानिएका मुख्यमन्त्री राउत अहिले तनावमा छन् ।
’प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल किनेर करोडौं अनियमितता गरेको भन्दै फाइल लगेर अख्तियारले छानविन गर्न थालेका छन् । साइकल वितरणमा अनियमितता भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको थियो । कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिए । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।अख्तियारका टोलीले मुख्यमन्त्री कार्यालयबाट फाइल लगेपछि मुख्यमन्त्री राउत तनाव छन् । तनावमा आएपछि राती मुख्यमन्त्री राउतलाई निद्रा समेत नलागेको सा्रेतले बताए । उनी रातीभरी गनथन मन्थनमा लागेको थियो । प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थी समक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको भनी महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा प्रश्न उठाएको थियो । मुख्यमन्त्री राउतको अहिले चौतर्फी रुपमा विरोध र आलोचना हुन थालेको छ ।यता राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विज्ञप्ति जारी गरेर भ्रष्टाचारमा लिप्त रहेका मुख्यमन्त्री राउतले राजीनामा दिएर छानविनमा सघाउन आग्रह गरेका छन् ।
‘संघीयतालाई धरापमा पार्ने किसिमले मुख्यमन्त्री राउत गद्दीले प्रदेशका मन्त्रीहरुलाई भष्ट्राचार गर्न प्रेरित गरेको र आफु पनि भ्रष्टार गर्न लिप्त रहेको नेपाली जनता माझ लुकेको छैन । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजातहरु जफत गर्नुले यसलाई पुष्टि गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार भ्रष्ट रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौ देखी उठाउदै आएको सर्बविदितै छ । यस्ता किसिमको गतिविधी गरी प्रदेश –२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भईरहेको राष्ट्रिय एकता अभियानको ठहर छ ।’
प्रदेश–२ का छोरीहरूलाई विद्यालय पठाउने उत्प्रेरित गर्ने उदेश्यले सुरु भएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममार्फत वितरण भइरहेको साईकलमा अनियमितता भएको विषयलाई लिएर अख्तियारले छापा मारेको विषयमा सार्वजनिक हुनु दुःखदायी भएको अभियानले जनाएको छ । ‘अख्तियारले छानविन पुरा नगरेसम्म मूख्यमन्त्री लालबाबु राउत गद्दीको राष्ट्रिय एकता अभियान राजीनामा माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘गद्दीले राजीनामा दिई अख्तियारको छानबिनमा सहयोग गर्न अभियान आग्रह समेत गर्दछ । यदी राजीनामा नदिई अख्तियारको छानविनमा अवरोध पुर्याए राष्ट्रिय एकता अभियान चरणबद्ध रुपमा अन्दोलन गर्नेछ ।’