जनकपुरधाम, असोज १५ गते
कोभिड–१९ रोकथाम तथा न्यूनिकरणका लागी बाग्मती सेवा समाज नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रवार वाग्मती सेवा समाज नेपालले मधधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधामलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । आड्रा नेपालसंगको साझेदारीमा संचालित महिनाको स्वास्थ्य प्रणाली सुढिकरण परियोजना अन्तर्गत वाग्मती सेवा समाज हरिवन, सर्लाहीले प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
वाग्मती सेवा समाज नेपालका भरत कुमार कार्कीको अध्यक्षता तथा प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख अतिथ्यमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
वाग्मती सेवा समाज नेपालले अक्सिजन कन्सन्टेटर १ थान, पिपिई सेट ५० थान,थर्मल गन ५ थान,N- 95 मास्क १०० थान, फेस सिल्ड २५० थान लगायतका सामग्री प्रादेशकि अस्पताललाई आज हस्तानतरण गरेको हो । उक्त कार्यक्रममा चिकित्सक रामपरिक्षण यादव, जामून सिंह, हेल्थ संयोजक सुनील कुमार साह लगायतको उपस्थिति रहेको थियो ।